समाचारशनिबार, साउन २४, २०७१

कोरियाली राजदूत पनि वाग्मती सफाइमा

हिमालखबर

तस्वीर: मिनरत्न बज्राचार्य

सरकारका मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, नेपालका लागि कोरियाली राजदूत चोइ योङ जिन र कोरियाली सहयोग नियोगका नेपाल प्रतिनिधि हाइङ लान जोसहित ६० भन्दा बढी कोरियाली नागरिक र विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरु २४ साउन, शनिबार वाग्मती नदीको सरसफाइमा सहभागी भएका छन् ।

शनिबारमात्रै सङ्कलित ४६ टन फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईले जानकारी दिए ।

अभियानकै क्रममा टेकु आसपासमा २०० वृक्ष रोपणसमेत गरिएको छ । काठमाडौँ उपत्यका विभिन्न कलेजका विद्यार्थीहरुको पनि अभियानमा सहभागिता रहेको समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिए ।

अव्यवस्थित फोहरमैला तथा ढल निकासका कारण वाग्मती नदी जैविक तथा वातावरणीय जोखिममा पर्दै गएकाले अभियानलाई निरन्तता दिइएको हो ।

प्रत्येक साता शनिबार चलाइएको अभियानले जनतामा वाग्मती सफाइप्रति सकारात्मक सन्देश गएको मुख्य सचिव पौड्यालले बताएका छन्् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>