समाचारशनिबार, साउन २४, २०७१
जिरी पहिरोः ४ को मृत्यु, ९ घाइते (अपडेट)
जिरी बसपार्क छेउ रामेछापको शिवालय जाने बाटो माथिबाट गएको पहिरोले ५ वटा कटेरा पुरिंदा दोलखा श्यामा गाविसका ३७ वर्षीया पेमडोमा तमाङ, उनकी छोरी १७ बषीया फुरलमु तमाङ, जिरी–६ की १२ बर्षीया सुस्मा जिरेल र ५ बर्षीय सुजल जिरेलको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
पहिरोमा परी र्कितिमान जिरेल उनको श्रीमती गुनाकुमारी सुनुवार, रामेछाप रस्नालुका गुन्जबहादुर खड्का, जसमाया खड्का, मृतक पेमडोमा तमाङका श्रीमान आङदावा तमाङ, उनका १२ बर्षीय छोरा सोयाम तमाङ, दोलखा मालीका साङलामु शेर्पा र उनकी ७ बर्षीया छोरी आङफुटी शेर्पा र ६ बर्षीय छोरा आङनिमा शेर्पा घाईते भएका छन् ।
घाईतेको जिरी अस्पतालमा उपचार भै रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।
पहिरो गएको जानकारी पाउनसाथ नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले तत्कालै उद्धार शुरु गरेका थिए ।
मृतकको परिवारलाई प्रतिमृतक ४० हजारको दरले राहत वितरण गरिएको र घाईतेको उपचार निशुल्क हुने निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीले जानकारी दिए ।
सर्मिला बुढाथोकी, दोलखा

