थप समाचारआइतबार, साउन २५, २०७१
पाल्पाका १९ प्रहरी कारबाहीमा
कार्यालयले एक वर्षको अवधिमा १९ प्रहरीलाई कारबाही गरेको जनाएको छ । कारबाही परेकामध्ये दुई जनालाई नोकरीबाट हटाएको र तीन जनालाई नोकरीबाट हटाउन सिफारिश गरेको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।
मादक पदार्थ सेवन गरी ड्युटी, नागरिकसँगको सम्बन्धलाई असर पार्ने व्यवहार लगायत प्रहरी आचरण विपरितका कार्य गर्ने प्रहरीलाई कारबाही गरिएको श्रेष्ठको भनाइ छ ।
प्रहरीले एक वर्षको अवधिमा उत्कृष्ठ कार्य गर्ने ४० प्रहरीलाई भने पुरस्कृत गरेको छ । कार्यालयले प्रहरी आचारण सुधारको लागि विभिन्न तालिममा जोड दिइरहेको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
देब पचभैया, पाल्पा
