समाचारबुधबार, आश्विन १०, २०६९

विपक्षीदलहरु आन्दोलन चर्काउने तयारीमा

हिमालखबर

११ असोजमा १५ दलको बैठक बसेर आन्दोलनको स्वरुपबारे छलफल गरी निर्णयमा पुग्ने वताएका दलहरुले त्यसको तयारीस्वरुप १० असोजमा एमाले मुख्यालय बल्खुमा बैठक गरेका हुन् । आन्दोलनको तालिका र त्यसको मोटामोटी प्रारुप बनाएका दलहरुले ११ असोजमा थप छलफलसहित अन्तिम रुप दिएर सार्वजनिक गर्ने नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता रघुजी पन्तले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(माओवादी, मधेसी जनअधिकार फोरम, राष्ट्रिय मधेस समाजवादी पार्टी र राप्रपाका शीर्ष नेताहरुको बैठकले आन्दोलनको प्रारम्भिक खाका तयार पारेको जानकारी गराए ।  उनले भने,  “आज तयार पारेको खाका बुधबार बस्ने प्रतिपक्षी दलहरूको संयुक्त बैठकमा पेश गरिनेछ र  छलफलपछि सार्वजनिक गरिनेछ ।”
विपक्षी दलहरुले आन्दोलनको प्रभावकरिताका लागि कार्यदल गठन गर्ने निर्णय गरेको पनि एमाले नेता पन्तले बताए ।९ असोजमा बसेको प्रतिपक्षी दलहरूको बैठकले वर्तमान सरकार हटाउनका लागि आन्दोलनमात्रै विकल्प भएको ठहर गरेको थियो ।

सत्तारुढ गठबन्धनले निर्वाचनका लागि दबाब दिन भन्दै पाँच स्थानमा आमसभा गर्ने निर्णय गरेपछि आक्रोशित विपक्षीहरु पनि सरकारको विरोधमा आन्दोलन चर्काउन तयार भएका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>