थप समाचारआइतबार, साउन २५, २०७१
इरानमा विमान दुर्घटना, ४० को मृत्यु
इरानको राजधानी तेहरान नजिकै मेहरावाद एअरपोर्टबाट उडेलगत्तै आन्तरिक उडानमा रहेको विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार विहान ९:१८ बजे इञ्जनमा गडबडी भएर विमान दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मेहरावादबाट तबानका लागि उक्त विमानमा ७ जना बालबालिकासमेत रहेको बताइएको छ ।
इरानमा पछिल्ला केही वर्षदेखि भएका विमान दुर्घटनामा पुराना विमान र मर्मत सम्भारको कमीलाई मुख्य कारण मानिएको छ ।
एजेन्सीहरु
