समाचारआइतबार, साउन २५, २०७१
न्याम्समा पदाधिकारी नियुक्त
न्याम्समा उपकुलपति नियुक्ति भएको दुई दिनमै सरकारले रिक्त पाँच पदाधिकारी नियुक्ति गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले २५ साउनमा पाँच पदाधिकारी नियुक्ति गरेका हुन् ।
न्याम्सको रजिष्ट्रार डा किरण मानन्धर, रेक्टर रंगबहादुर बस्नेत, डीन यौवनचन्द्र सिवाकोटी, निर्देशक डा. स्वयमप्रसाद पण्डित र कार्यकारी सदस्यमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।
मन्त्री अधिकारीले पदाधिकारी नियुक्तिका लागि न्याम्सका उपकुलपति डा. गणेश गुरुङको सिफारिशलाई आधार मानेका छन् ।
