समाचारआइतबार, साउन २५, २०७१
सरकार फेरे संविधान बन्दैनः केसी
नेपाली कांग्रेसका नेता केसीले अहिले नै सरकारको विकल्प खोजिए फेरि पनि संविधान नबन्ने बताएका हुन् । रिपोर्टस क्लबले २५ साउनमा गरेको कार्यक्रममा उनले संविधान जारी नभएसम्म सरकारको विकल्प खोज्नु नहुनेमा जोड दिए ।
उनले सरकार परिवर्तनको कुरा गर्नु बेमौसमको बाजा भएको टिप्पणी गरे । उनले भने, “तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने अहिलेको प्रमुख दायित्व भएकलो सरकार परिवर्तनको खेलमा कोही लाग्नुहुन्न ।”
तर, उनले सरकारले जनताले आशा गरे अनुसार प्रगति नगरेको बताए । “पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम गर्न सकेका छैनन्, त्यसेको हामीले खुलेरै आलोचना गरेका छौं,” उनले भने ।
उनले राष्ट्रपति/उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने भनेर नै कांग्रेस–एमालेबीच सातबुँदे सहमति भएको बताए । उनले भने, “त्यो बेला सातबुँदे सम्झौता गर्नु गलत थियो, तर अब कार्यान्वयन गरेर जानुको विकल्प छैन ।”

