समाचारआइतबार, साउन २५, २०७१

पूर्वाञ्चल बन्द खुल्यो

हिमालखबर

झापा सदरमुकाम चन्द्रगढीमा भएको सर्वपक्षीय वार्ताबाट दुईबुँदे सहमतिपछि २५ साउन साँझदेखि यातायात चल्न थालेको हो । सहमतिसँगै बन्द आह्वानकर्ता यातायात व्यवसायी गाडी चलाउन सहमत भएका छन् ।

वार्तामा २१ साउनमा झापाको काँकडभिट्टामा पक्राउ परेका मजदुरमध्ये म्याद थप नभएकालाई तत्कालै छाड्ने र पक्राउपछि म्याद थप भएकालाई कानूनी प्रक्रिया पुर्‍याएर छाड्ने सहमति भएपछि व्यवसायीले बन्द फिर्ता लिएका छन् । उज्यालो यातायातले २१ साउनमा लामो दूरीको यातायात शुरु गर्दा मेची यातायात संघले अवरोध गरेपछि झडप हुँदा आठ जना पक्राउ परेका थिए ।

उज्यालो यातायात प्रालीले काँकडभिट्टाबाट लामो दूरीको बस चलाउन थालेपछि मेची यातायात संघले एकद्धार प्रणलीबाट बस चलाइनुपर्ने भन्दै अवरोध श्रृजना गरेपछि यातायात अवरुद्ध भएको थियो ।

यातायात व्यवस्थित गर्ने लगायतका विषयमा भने वार्ता जारी रहेको झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले जानकारी दिए ।

यसैबीच, झापाको चन्द्रगढीमा दुईबुँदे सहमति भएपछि कोशी र सगरमाथामा हुँदै आएको बन्द पनि खुलेको छ । सुनसरी धरानमा २५ साउनमा बसेको व्यवसायीको बैठकले बन्द खुल्ला गर्ने निर्णय गरेका छन् ।

मेचीमा भएको बन्दको समर्थनमा २३ साउनदेखि कोशी र २४ साउनदेखि सगरमाथाका यातायात व्यवसायीले पनि गाडी चलाएका थिएनन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>