समाचारआइतबार, साउन २५, २०७१

बाह्रबिसे जाने वैकल्पिक बाटो खुल्यो

हिमालखबर

बाह्रविसेसम्म पुग्न वैकल्पिक सडकको लागि बाँधस्थलदेखि टेकनपुर तौथली–पिस्कर–धुस्कुन हुँदै जाने ग्रामीण सडकलाई मर्मत गरी साना सवारी साधन सञ्चालन सुचारु गरिएको छ ।

मिनीट्रकलगायत साना सवारीसाधन सञ्चालन भएपछि बाह्रबिसेसम्म सामान ढुवानी शुरु भएको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर अरुणकुमार श्रीवास्तवले जानकारी दिए । उक्त सडक ठूला सवारी साधनका लागि भने योग्य नभएको श्रीवास्तवले बताए ।

साविकको सडकबाट बाह्रसिबेसम्म छ/सात किलोमिटर पर्नेमा वैकल्पिक सडकको दूरी ३४ किलोमिटर छ ।

त्यसैगरी सेनाले ड्यामसाइटबाट करिब तीन किलोमिटर नयाँ सडक निर्माण गरी धुस्कुन हुँदै बाह्रबिसेसम्म पु¥याउने तयारी शुरु गरेको छ ।

पानी बग्ने क्रम बढ्यो

थुनिएको सुनकोसीको पानीको बहाव बढेको छ । भई अत्यावश्वक सामग्रीको ढुवानी सुरु भएको छ ।

नेपाली सेनाको उद्धार टोलीले २५ साउन अपराह्नसम्म तीन पटक विष्फोट गराएपछि तलाउको बहावमा वृद्धि भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>