समाचारबिहीबार, आश्विन ११, २०६९

निकासका लागि राष्ट्रपतिले कदम चाल्नुपर्छ: उपराष्ट्रपति झा

हिमालखबर

तस्बीरः देविका घर्ती मगर/दाङ

दलहरुले निर्वाचनमा जाने निष्कर्ष निकाले पनि निकास दिन नसेको उपराष्ट्रपतिको गुनासो थियो । उनले जनचाहना अनुसार राष्ट्रपतिले कदम चाल्न सक्ने अवस्थातर्फ संकेत गरे ।

रिपोटर्स क्लब नेपाल दाङ् शाखाले ११ असोजमा गरेको साक्षात्कारमा उपराष्ट्रपति झाले दलहरुले सहमति गरेर मुलकलाई निकास दिन नसके मात्रै राष्ट्रपतिबाट त्यस्तो कदम चाल्ने पनि स्पष्ट पारे । उनले देश अहिले संकटमा रहेको भन्दै लामो समय यही स्थिति कायम नरहने बताए ।
देशको निर्वाचित एउटा मात्रै बैधानिक निकाय राष्ट्रपति रहेकाले संबिधानको संरक्षकको हैसियतले देशको रक्षा गर्नु उनको कर्तब्य रहेको झाको भनाई थियो ।

राष्ट्रपतिले सहमति कायम गर्नका लागि दलहरुलाई पटक –पटक घचघच्याउंदै आएकोले वर्तमान अनयौलबाट मुलुकले निकास पाउने आशा अँझै रहेको उपराष्ट्रपति झाले वताए ।

दलहरुको गतिविधि संचार माध्यमबाट थाहांपाउने गरेको र कुनै दलका प्रतिनिधिले आफुलाई भेटेर सल्लाह लिन नआएको उपराष्ट्रपतिको गुनासो गरे ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>