समाचारसोमबार, साउन २६, २०७१
राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधान निर्माणबारे छलफल
राष्ट्रपति भवन शितल निवासमा २६ साउन साँझ राष्ट्रपति यादव र प्रधानमन्त्री कोइरालाबीच भेटवार्ता भएको हो । झण्डै एकघण्टा चलेको भेटवार्ता संविधान निर्माण प्रक्रियाको विषयमा केन्द्रित थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधान निर्माणमा भइरहेको प्रगति, सरकारको काम कारबाही लगायतको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका उपलब्धीका विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव बसन्तकुमार गौतमले जानकारी दिए ।
