समाचारमंगलबार, साउन २७, २०७१
गोली प्रहार गरी हत्या
धनुषाको कपिलेश्वरबाट जनकपुरतर्फ आउँदै गरेका भारत बिहारको मधुबनीका ३४ वर्षीय बैद्दनाथ गोईतको गोली प्रहारबाट हत्या भएकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बीआर ०३२०७०६ नम्बरको अपाचे मोटरसाईकल चढेका गोइतलाई २७ साउन विहान करिब ११ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ । छातीमा एक गोली लागेका गोईतको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक उत्तम कुमार सुवेदीले बताए ।
गोईतको शव पोष्टमार्टमका लागि अञ्चल अस्पताल जनकपुरमा राखिएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इश्वरचन्द्र झा, जनकपुरधाम

