थप समाचारमंगलबार, साउन २७, २०७१
२४ ट्र्याक्टर ब्यवसायी पक्राउ
नदीछेउबाट ढुंगा, बालुवाजस्ता पदार्थ ढुवानी गर्न पाउने माग गर्दै नवलपरासीमा राजमार्ग ठप्प पारेका ट्रेक्टर ब्यासायीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
प्रहरीले नवलपुर टे«क्टर ब्यबसायी समितिका अध्यक्ष शिब गिरी, गोपीकृष्ण शर्मा, लगातका २४ जना व्यवसायीलाई नियन्त्रणमा लिएको हो ।
चुरेक्षेत्र भित्रको नदीजन्य सामाग्री निकासीमा गर्न पाउनु माग राख्दै केही समयदेखि ट्रेक्टर ब्यवसायीहरु आन्दोलनमा थिए ।
महाभारत क्षेत्रका खोला–नदीहरुलाई पनि हचुवा भरमा चुरे भन्दै सरकारले उत्खनन्मा रोक लगाएको उनहरुको आरोप छ ।
चुरेक्षेत्र भित्रका क्रसर उद्योगहरु निर्वाध चल्ने दिने सरकारले बेल्चा लगाएर ढुंगा गिट्टी निकासी गर्न भने रोक लगाएको उनीहरुले आरोप लगाएका छन् ।
विद्रोही गिरी, नवलपरासी

