समाचारमंगलबार, साउन २७, २०७१

भ्रष्टाचार गर्ने कसैलाई नछाड्नोस्ः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री कोइरालाले कसैको दबाबमा नलागि भ्रष्टाचारको छानबिन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको १२ औं वार्षिक प्रतिवेदन सार्वजानिक गर्दै उनले भने, “पार्टीका नेता, मन्त्री, उपप्रधानमन्त्री जसले जे भन्यो त्यही नगर्नोस्, कानून अनुसार देश र जनताको हितमा काम गर्नोस् ।”

उनले विकास खर्चका लागि छुट्याइएको बजेट दुरुपयोगको विषयमा पनि छानबिन गर्न सतर्कता केन्द्रलाई दिए । “भ्रष्टाचार गर्ने कसैलाई छाड्नुहुन्न,” उनले भने, “देशको उन्नतीका लागि राष्ट्रसेवकहरु पनि कसैसँग नडराइ काम गर्नोस् ।”

उनले राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचारबाट देशलाई बचाउनुपर्नेमा जोड दिए । “हामीले सन्ततिका लागि पनि सोच्नुपर्छ, त्यसैले भ्रष्टचारबाट देशलाई बचाऔं,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>