समाचारमंगलबार, साउन २७, २०७१

एमालेः बराबर मत ल्याउने चारैजना केन्द्रीय सदस्य

हिमालखबर

नेकपा एमाले केन्द्रीय कमिटीको २७ साउनमा बसेको बैठकले नवौं महाधिवेशनमा  भएको निर्वाचनमा खुल्लातर्फको केन्द्रीय सदस्यमा बराबर मत ल्याउने खिमलाल भट्टराई र नागेन्द्र चौधरी तथा मुस्लिमतर्फको केन्द्रीय सदस्यमा बराबर मत ल्याउने मोहम्मद महफुज अन्सारी र सिराज अहमद फारुकीसमेत चारै जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

भट्टराई र चौधरीले समान ९८६ तथा अन्सारी र फारुकीले समान ९६४ मत ल्याएका थिए ।

निर्वाचन प्रक्रियाअनुसार सम्बन्धित उम्मेदवारलाई उपस्थित गराइ गोलाप्रथा अनुसार दुईजनालाई केन्द्रीय सदस्य बनाइनु पर्नेमा गोलाप्रथाका लागि डाक्दा कोही पनि उपस्थित नभएपछि यसबारे केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने निर्वाचन आयोगले निष्कर्ष निकालेको थियो ।

केन्द्रीय कमिटीले मनोनीत गर्ने १० प्रतिशतमा २ जना कटाएर मनोनयन गर्ने गरी राजनीतिक निर्णय गरिएको एमाले केन्द्रीय सदस्य पशुपति चौलगाइँले जानकारी दिए ।

त्यस्तै आजको बैठकमा पेश भएका महाधिवेशनबाट प्राप्त सुझावका आधारमा संशोधित राजनीतिक प्रस्ताव, संगठन तथा विधानसम्वन्धी प्रस्ताव र बैठक सञ्चालन कार्यविधिबारे २८ साउनमा बस्ने बैठकमा छलफल हुने चौलागाइँले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुट–उपगुट विर्षेर पार्टीको सम्पूर्ण शक्ति संविधान निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>