थप समाचारबिहीबार, साउन २९, २०७१
१८ ट्र्याक्टर नियन्त्रणमा
सरकाले असारदेखि भदौसम्म तीन महिनाका लागि खोला तथा नदीबाट ढुङ्गागिट्टी निकाल्न रोक लगाए पनि अवैधरुपमा ढुङ्गा–गिट्टी र बालुवा निकासी गरिरहेका १८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रेम थापाले जानकारी दिए ।
अर्घाखाँचीको बागीखोला र खिल्जीको दुर्बाङ्ग खोलाबाट अबैध रुपमा ढुङ्गा गिट्टी र बालुवा निकासी गरिरहेको सूचना पाएपछि जिविसको समेत सहभागितामा ट्र्याक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय विकास अधिकारी हेमराज भुसालले सरकाले तीन महिनाको लागि ढुङ्गा–गिट्टी र बालुवा निकासी रोकेका बेला पनि अबैधरुपमा निकासी गर्ने ट्र्याक्टर नियन्त्रणमा लिएको र कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
