समाचारबिहीबार, आश्विन ११, २०६९

विपक्षीदलहरुले १५ असोजमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने

हिमालखबर

एमाले केन्द्रीय कार्यालयमा ११ असोजमा बसेको १९ दलको बैठकले वर्तमान सरकार नहटेसम्म सहमति नहुने भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने एकमतले निर्णय गरेपनि आन्दोलनका कार्यक्रमका लागि थप तयारी र छलफल आवश्यक भएको हुँदा १५ असोजमा मात्रै कार्यक्रम सार्वजनिक गरिने बैठकमा सहभागी नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

यसअघि ९ असोजमा बसेको विपक्षी दलहरुको बैठकले ११ असोजमा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

“बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रियहित विरोधि, भ्रष्ट र सहमतिको बाधक भएकोले यो सरकार तत्कालै हट्नु पर्छ भन्नेमा सबैको एकमत रह्यो,” बडुले भने ।

मधेश केन्द्रित विपक्षी दलहरु आफ्नो आन्तरिक छलफलमा व्यस्त रहेकाले पनि कार्यक्रम सार्वजनिक हुन नसकेको एमाले नेता रघुजी पन्तले वताए ।

बैठकमा आन्दोलनका लागि संयुक्त कार्यदल बनाउने एजेन्डामा नेकपा–माओवादीले असहमति जनाए पनि आन्दोलनलाई पूर्ण सहमति गर्ने जनाएको छ । बैठकको समाप्तिभन्दा केही पहिले नै बाहिरिएका नेकपा–माओवादीका नेता देव गुरुङले कार्यदल बनाउने र त्यसमा रहने भत्रे विषयमा थप छलफल गर्नुपर्ने भए पनि आन्दोलनमा भने पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए । ।

“कार्यदल गठनका लागि उहाँहरुको पार्टीभित्रै छलफल गर्नुपर्ने भएकोले त्यसबारेमा अहिले निर्णय भएन तर आन्दोलनमा उहाँहरुको पूर्ण समर्थन र सहभागिता रहनेछ” एमाले नेता पन्तले प्रष्ट्याए ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादवमाथि लाञ्छना लगाउने र राष्ट्रपतिलाई विवादमा तान्ने अभिव्यक्ति बारम्बार व्यक्त गरिरहेको भन्दै त्यसको कडा आलोचना र भत्र्सना गरिएको उल्लेख छ ।

“संविधानसभालाई षडयन्त्रमुलक ढंगले समाप्त पार्ने वर्तमान एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको सरकार अधिनायकवादी, राष्ट्रिय हित विरोधी, भ्रष्ट र सहमतिको प्रमुख वाधक भएकोले यो सरकार नहटेसम्म कुनै पनि प्रकारको सहमति नहुने कुरामा यो बैठक विशेष जोड दिन चाहन्छ,” विज्ञप्तिमा भनिएको छ, “असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी वर्तमान सरकार तत्काल हट्नु पदर्छ ।”

आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनु पर्ने भन्दै आन्दोलकारी कुनै दल वा समूहले आन्दोलनलाई उद्देश्य विपरित अन्यत्रै मोड्न सक्नेतर्फ सचेत हुनुपर्ने आवश्यक्ता रहेकोमा नेपाली काँग्रेसले विशेष जोड दिएको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले वताए ।

नेकपा–माओवादीले भारतीय नम्बर प्लेटका गाडीहरु चल्नमा रोक लगाउनुका साथै हिन्दी गीत–संगीत र चलचित्रमाथि बन्देज लगाउन खोजेकोमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको भन्दै काँग्रेस सभापतिले बैठकमा विषय प्रवेश गराएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>