समाचारबिहीबार, साउन २९, २०७१

बिजय सुब्बा एमालेमा फर्किए

हिमालखबर

संघीय समाजवादी पार्टीका उपाध्यक्ष विजय सुब्बालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष केपी ओली । तस्वीर: बिक्रम राई

एकल जातीय पहिचानसहितको संघीयताको वकालत गर्दै नेकपा एमाले छोडेर संघीय समाजवादी पार्टीका उपाध्यक्ष बनेका विजय सुब्बा, सचिव मीना गुरुङलगायत २९ जना नेता कार्यकर्ता पुनः एमालेमा फर्केका छन् ।

तत्कालीन एमालेका उपाध्यक्ष एवम् हाल संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँगै एमाले परित्याग गरेका सुब्बा एमालेका तत्कालीन पोलिटब्युरो सदस्य थिए ।

एमालेको केन्द्रीय कार्यालय बल्खुमा २९ साउनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेललगायतले टीका र खादा लगाएर उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले ‘हावाहुरी लागेका बेला रुख ढल्किएजस्तो केही साथी दायाँबायाँ गए पनि पुनः मूलघरमा मोहियानी हक र हिस्साका साथ प्रवेश गरेको’ भन्दै खुशी व्यक्त गरे ।

उनले कुनै पदको लोभ वा आश्वासनबिना सही निर्णय गरेर एमालेमा फर्र्केकामा आभार समेत व्यक्त गरेका थिए ।

नेता सुब्बाले भावावेशमा पार्टी छाडेर गए पनि अन्ततः पार्टीको विचारलाई सही ठान्दै फर्केको र पार्टीले दिएको जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, एमालेको जारी दोस्रो केन्द्रीय कमिटीकोे बैठक शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>