समाचारबिहीबार, साउन २९, २०७१
थुनिएको सुनकोशीको निकास बढ्दै
सुनकोशीको पानीको निकास बढाउन नेपाली सेनाले २९ साउनमा ३ वटा विष्फोट गराएको छ भने दुईवटा स्काभेटरले बाँध पन्छाउने कार्य पनि जारी राखेको छ ।
सेनाका अनुसार २९ साउन दिउंसो गरिएको मापन अनुसार तालको पानीको भित्री बहाव ३२० क्युसेक र बाहिरी बहाव ५३० क्युसेक छ ।
भारी वर्षाका कारण बैकल्पिक अस्थाई मार्ग निर्माण गर्ने क्रममा कठिनाई भए पनि करिव २०० मिटर पाईलट ट्रयाक खोल्ने कार्य सम्पन्न भएको सेनाले जनाएको छ ।
नेपाली सेनाको नं.२६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी आश्विन कुमार थापा को नेतृत्वमा ५०० भन्दा बढी फौज सिन्धुपाल्चोकको जुरे क्षेत्रमा खटिएको छ ।

