समाचारबिहीबार, आश्विन ११, २०६९
सहमति खोज्न चाँडै छलफल शुरु हुन्छ: प्रधानमन्त्री
नवलपरासीको नर्सहीमा ११ असोजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार र प्रतिपक्ष दलबीच सञ्चार माध्यममा आएजस्तो सम्बन्ध नबिग्रिएको दाबी गरे । प्रधानमन्त्री भट्टराईले प्रतिपक्षी दलहरूका कारण सरकारले भनेअनुसार काम गर्न नसकेको पनि दाबी गरे ।
उनले प्रतिपक्ष दलहरूले अडान लिनु स्वाभाविक भएको उल्लेख गर्दै त्यसकै भरमा सरकार र प्रतिपक्षी दलहरूको सम्बन्ध बिग्रिएको भन्नु गलत भएको बताए । त्यसैगरी प्रधानमन्त्रीले निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । नयाँ चुनावमा जाने कुरामा दलहरुबीच सहमति भएको तर बिधि र प्रक्रियाका बारेमा छलफल भइरहेको उनको भनाई थियो ।
नवलपरासीको सुस्ता समस्याका बारेमा राखिएको जिज्ञाशामा प्रधानमन्त्रीले देशभित्रै सहमतिको वातावरण बनेपछिमात्रै छिमेकीसँग प्राभावकारी वार्ता गर्न सकिने वताए । रासस

