थप समाचारशुक्रबार, साउन ३०, २०७१
पूर्व प्रधानसेनापति कटवालको आत्मकथा सार्वजनिक
“तपाइँ र मेरो कस्तो कमेस्ट्रि मिल्छ है, प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा सुरु गर्नुभयो, ‘जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो ।’”
“म त कर्मठ सिपाही हुँ । मोर्चा छाडेर भाग्दिन ।”
‘हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !’ उहाँले फेरि भन्नुभयो, “महिना दिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याविनेटबाट पास गराइदिन्छु ।”
“राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।”
यी संवाद तत्कालीन प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवालबीच २०६६ साल वैशाख ६ गते भएको पूर्व प्रधानसेनापति कटवालले २९ साउनमा सार्वजनिक गरेको पुस्तक मार्फत सार्वजनिक गरिएको छ ।
नेपालयद्वारा प्रकाशित कटवालको पुस्तक लेखनमा पत्रकार किरण भण्डारीले सहयोग गरेका छन् ।
उक्त अवसरमा पूर्व प्रधानसेनापति कटवालले भने, “नेपाली जनताको हक अधिकार र देशको पक्षमा मैले जुन निर्णय लिएको थिए, त्यो यथार्थलाई पुस्तकमार्फत बाहिर ल्याएको हुँ ।”
५४५ बजार मूल्य रहेको कटवालको आत्मकथा बजारमा उपलब्ध रहेको प्रकाशकसंस्था नेपालयले जनाएको छ।
रासस
