समाचारशुक्रबार, साउन ३०, २०७१

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

हिमालखबर

नारायणी नदीमा पानीको सतह बढेपछि चितवनका केही वस्तीहरु डुबानमा परेका छन् । तस्वीर: सविता श्रेष्ठ

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३० साउन बिहान ११:३० बजे खसेको पहिरोले पृथ्वी राजमार्गको नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडक खुलाउनका लागि मुग्लिनबाट डोजर गइसकेको र भरतपुरबाट पनि पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए । माथिबाट ठूलाठूला ढुङ्गा खसेकाले पहिरो हटाउन सहज नभएको र केही घण्टामा एकतर्फी सडक खुलाइने कोइरालाले जानकारी दिए ।

वस्ती डुवानमा, पहिरोले महिलाको मृत्यु

चितवनको शक्तिखोरमा पहिरोले पुरिएर एक गर्भवती महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको अवस्थामा २९ साउन दिउँसो पहिरोले पुरिएर २२ वर्षीया रेणुका चेपाङको मृत्यु भएको हो । त्यस्तै खोलातर्दा वेपत्ता भएका मुर्चुङा चेपाङको शव ३० साउनमा फेला परेको प्रहरीले जनाएको छ ।

वर्षाका कारण रत्ननगर ५ को रमाईलो बस्ती डुबानमा परेको छ । डुबानमा परेका २२ घरका ८४ जनाको उद्धार गरिएको छ ।

वर्षाका कारण नारायणी र रापती नदीको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन सूचना जारी गरिएको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
सविता श्रेष्ठ, चितवन

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>