समाचारशुक्रबार, आश्विन १२, २०६९

काठमाडौंमा सीता एयर दुर्घटना, १३ विदेशीसहित १९ जनाको मृत्यु (साथमा फोटो फिचर )

हिमालखबर

दुर्घटनाग्रस्त सीता एयर। तस्बीरः विक्रम राई/हिमालखबर

दुर्घटनाग्रस्त सीता एयरमा लागेको आगो निभाईदै। तस्बीरः विक्रम राई/हिमालखबर

दुर्घटना भएको सिता एयरको ब्ल्याकबक्स निकाल्दै

१२ असोज विहान दुर्घटना भएको सिता एयर

सीता एयरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलनजिकै मनोहरा खोला किनारमा १२ असोज बिहान दुर्घटना भएको हो । नाईनएन-एएचए डोर्नियर जहाजमा क्याप्टेन विजय तण्डुकार, सहचालक ताकेसिंह थापा र परिचारिका रुजा शाक्यसहित ३ नेपाली र १३ विदेशी यात्रु सवार थिए। तन्दुकार चाबहिल, थापा धापाखेल र शाक्या बनेपा निवासी हुन ।

दुर्घटनामा पर्ने अन्य नेपालीहरुमा एम के तामाङ्, एल एन शेर्पा, बि राई, के एम मगर रहेकाछन् । अन्य ७ जना बेलायती र  ५ चिनियाँ नागरिक सबैको नाम खुल्न सकेको छैन् ।  मृतकहरुको शव त्रिवि शिक्षण अस्पताल लगि सकिएको छ । शवहरू जलेर चिन्न नसकिने अवस्थामा छन् ।

विमान मनोहरा फाँटमा अवतरण गर्न खोजेको देखिन्छ । अवतरण भईसकेपछि पनि दुई मिनेटसम्म आगो लागेको थिएन । इन्धन भरिएको ट्याङ्की र यात्रुको वजनका कारण पाइलट सुरक्षित अवतरणका लागि धावनमार्गसम्म पुर्‍याउन अर्समर्थ भएको विमानबारे जानकारहरुको अनुमान छ ।

विमानको ब्ल्याकबक्स फेला परेको त्रिवि विमानस्थालका महाप्रबन्धक सतीशचन्द्रलाल सुमनले जानकारी दिएका छन् । विमानको पछाडिको भाग बाहेक सबै जलेर नष्ट भएको छ ।

सिता एयरको यो छैठौं दुर्घटना हो । नेपालमा अहिलेसम्म ७४ विमान दुर्घटना हुँदा सात सय जनाको ज्यान गएको छ ।  ५ महिना अघि मात्र जोमसोममा भएको अग्नी एयर दुर्घटनामा भने ६ यात्रु बाँच्न सफल भएका थिए।

१२ असोज बिहान भएको सीता एयर दुर्घटना पछि काठमाडौंको मनोहरा खोलामा लागेको भीड। सबै तस्बीरः विक्रम राई/हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>