समाचारशनिबार, साउन ३१, २०७१

संविधान बनेपछि शान्ति र विकासः प्रधानमन्त्री

हिमालखबर

प्रा वासुदेवचन्द्र मल्ल स्मृति प्रतिष्ठानद्वारा ३१ साउनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले पठाएको लिखित शुभकामना मन्तव्यमा उनले संविधान निर्माण कार्यलाई समयमै सम्पन्न गर्ने गरी काम बढिरहेको दाबी गरेका छन् ।

नेपालमा सात दशकदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानसभाले ८ माघभित्रै संविधान जारी गर्ने विश्वास व्यक्त गर्दै सन्देशमा संविधान लेखनलाई निष्कर्षमा पु¥याउन संवैधानिक समितिहरु सक्रिय रहेको जनाइएको छ ।

समाजलाई शिक्षा र प्रजातन्त्रको मार्गमा लैजान प्रा वासुदेवचन्द्र मल्लले पुर्‍याएको योगदान महत्वपूर्ण भएको चर्चा गर्दै सन्देशमा विद्वत् वर्ग समाजको आँखा भएको प्रधानमन्त्रीले बताएका छन् ।

कार्यक्रममा समाजसेवी मैयादेवी श्रेष्ठलाई यस वर्षको प्रा विसी मल्ल स्मृति पुरस्कार नगद रु १० हजार एकसहित प्रमाणपत्र र दोसल्ला ओढाएर प्रतिष्ठानका अध्यक्ष सहायक रथी नारायणचन्द्र मल्लले प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>