समाचारशनिबार, साउन ३१, २०७१
‘चरी’ को शव पोष्टामार्टम भयो, परिवारले अझै बुझेनन्
२१ साउनमा काठमाडौंको भीमढुंगामा मारिएका धादिङका दिनेश अधिकारीको शव १० दिनपछि ३१ साउनमा शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम गरिए पनि उनका आफन्तले शव बुझेका छैनन्।
शव अस्पतालमा धेरै दिनदेखि अलपत्र रहेकाले पोष्टमार्टम गर्न स्वीकृति दिएको ‘चरी’ का दाजु ध्रुव अधिकारीले बताएका छन् । उनका अनुशार ‘चरी’ को शरीरमा लागेको ७ गोलीमध्ये ६ गोलीले पछाडिबाट जिउ छेडेर अगाडि निस्किएको र एउटा गोली मेरुदण्डमा अड्किएको थियो ।
उनले घटनाको छानविन नभएसम्म शव नबुझ्ने बताए ।
