समाचारशनिबार, साउन ३१, २०७१
राजदूत नियुक्ति आगामी बैठकबाटः मन्त्री पण्डित
रिपोर्टर्स क्लब नेपालले ३१ साउनमा आयोजना गरेको साक्षात्कारमा सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितले अघिल्लो मन्त्रिपरिषदको बैठकमा राजदुतको विषयमा छलफल भएकोले आगामी बैठकबाट निर्णय गरिने दाबी गरेका छन् । उनले २६ सभासदको मनोनयन र संबैधानिक निकायमा रिक्त पदहरुमा पनि चाँडै नियुक्ति हुने बताए ।
मन्त्री पण्डितले राजदूत र संवैधानिक निकायमा नियुक्तिका लागि कांग्रेस र एमालेबीच सहमति जुटिसकेको पनि स्पष्ट पारे ।
उनले संविधान निर्माण नभएसम्म सरकारको विकल्प खोज्न नहुने भन्दै सरकारको विकल्प खोज्न थाले संविधान नबन्ने ठोकुवा गरे ।
“अहिले संविधान निर्माण नहुन्जेलसम्म यो सरकारको विकल्प छैन । सरकारको विकल्प खोज्ने ताकत समेत प्रतिपक्षसँग छैन,” पण्डितले भने ।
