समाचारआइतबार, भाद्र १, २०७१

कमलाको पूर्वी तटबन्धको मर्मत शुरु

हिमालखबर

कमला नदिको बाढीले २९ साउनमा कल्याणपुर–चिकना सडकको जमुवा टोल नजिकको पुल भत्काएपछि । फाइल तस्वीर: निरज यादव सिरहा

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुर धनुषाले कमला नदीमा भत्किएको तटबन्ध मर्मत कार्य शुरु गरेको छ । नदीमा बाढी घटेपछि तटबन्ध बाँध्ने कार्य शुरु गरिएको डिभिजन कार्यालयका इन्जिनियर कृष्णानन्द झाले जानकारी दिए ।

इन्जिनियर झाका अनुसार २९ साउन बिहानै आएको बाढीले ९० मिटर तटबन्ध भत्काएको थियो । उक्त तटबन्ध पूर्ण रुपमा बाँध्न एक साताभन्दा बढी लाग्छ । बाढी घटेपछि जनजीवन सामान्य बन्दै गएको सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

“बाढीको पानी घट्न थालेपछि विस्थापित भएकाहरु फर्किन थालेका छन्,” जोशीले भने । बाढीबाट जिल्लाका शारश्वर, चिकना, भोक्राहा, विष्णुपुर प्ररा, माडर, मझौलिया लगायतका एक दर्जन गाविसका करिब तीन हजार घरपरिवार प्रभावित बनेको जिल्ला रेडक्रस सोसाइटी शाखाले जनाएको छ ।

उनले करिब ५०० घरपरिवार विस्थापित भएको बताए ।

तटबन्ध भत्काएर अचानक आएको बाढीले दुईजनालाई बेपत्ता बनाएको छ । बेपत्ता भएकाको खोजी स्थानीयवासी र सुरक्षाकर्मीले गरे पनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>