समाचारआइतबार, भाद्र १, २०७१
नेपालको तेस्रो जीत, ओमानलाई १०२ रनले हरायो
टस हारेर पहिलो व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १६४ रन जोडेको थियो । १६५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको ओमान २९ ओभमा ६२ रन बनाएर अल आउट भयो ।
नेपालको लागि जितेन्द्र ठकुरी ५७ बलमा ३२ रन बनाउँदै नटआउट रहे । रवीन्द्र शाहले २५, सुशान्त थापाले १७, प्रनित थापा १ चौकासहित १६, सुमीन महर्जनले १४, उपकप्तान आसिफले १ चौकासहित १२, रवि शाहले ९, कप्तान पवन सर्राफले ८ र अनिल खरेलले ३ रन बनाए ।
लगतार तेस्रो पटक जितेको नेपालले यसअघि थाइल्यान्डलाई १० विकेट र सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो।
