समाचारसोमबार, भाद्र २, २०७१

दुई महीनाभित्र संविधानको मस्यौदा: सिटौला

हिमालखबर

कांग्रेस महामन्त्री सिटौलाले असोज मसान्तभित्र नयाँ संविधानको प्रारम्भिक खाका तयार पारेर जनताको हातमा पुग्ने दावी गरेका हुन् । झापामा २ भदौमा आयोजित कार्यक्रममा उनले ८ माघभित्र नयाँ संविधान जारी गर्न असोज मसान्तभित्रै प्रारम्भिक मस्यौदा जनताको हातमा पुग्ने बताए ।

उनले भने, “८ माघभित्र नयाँ संविधान जारी हुन्छ, त्यसका लागि असोज मसान्तभित्र प्रारम्भिक मस्यौदा जनताको हातमा पुग्छ ।”

उनले सबै दलले दलीय स्वार्थ त्यागेर देश निर्माणमा केन्द्रित हुने हो भने जनआन्दोलन २०६२ ०६३ को परिवर्तन संस्थागत गर्न समस्या नरहेको बताए । नयाँ संविधानमा लोकतान्त्रिक गणतन्त्रभित्र सङ्घीय संरचना निर्माण हुने उनको भनाइ छ ।

नयाँ संविधान जारी गर्न पाँचवटा उपसमितिले अहोरात्र काम गरिरहेको भन्दै उनले भदौ तेस्रो साताभित्र विवादित विषय टुङ्गो लाग्ने दावी गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>