समाचारमंगलबार, भाद्र ३, २०७१

दुर्घटनामा महिलाको मृत्यु, सल्लाघारी क्षेत्र तनावग्रस्त

हिमालखबर

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीमा बनेपाबाट काठमाडाँैतर्फ जाँदै गरेको बा१ख ९२८१ नम्बरको बसले बा५७प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार झापा घर भई कौशल्टार बस्ने ३७ वर्षीया विन्दु राईको घटनास्थलमै मृत्यु भएको छ ।

बसले किचेर मृतकको शव क्षतविक्षत भएको छ भने सल्लाघारी क्षेत्र तनावग्रस्त छ । बस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयवासीले बस तोडफोड गरी बसमा आगो लगाइदिएका छन् ।

आगो लगाइदिएलगत्तै प्रहरीले लाठी प्रहार गरेर आक्रोशित समूहलाई तितरबितर पारेको थियो र बसमा लगाएको आगो नियन्त्रणमा लिएर बसलाई प्रहरी परिसर भक्तपुर लगेको थियो ।

लाठी प्रहारपछि प्रहरी र स्थानीय जनताबीच ढुङ्गा हानाहान भएको छ ।

प्रहरीले मृतकको शव परीक्षणका लागि अस्पताल पठाएको छ । प्रहरीको लाठी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । अहिले त्यसक्षेत्रमा यातायात अवरुद्ध छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>