समाचारमंगलबार, भाद्र ३, २०७१

सुर्खेतमा ३२ को मृत्यु, १०९ वेपत्ता, ७ वटा पुल ध्वस्त

हिमालखबर

२९ साउनमा आएको बाढीले जिल्लाका ७ वटा पुल बगाएपछि उक्त क्षेत्रमा आवागमनका लागि ३ भदौदेखि नेपाली सेनाले तीन स्थानमा रबर बोट सञ्चालन गरेको छ ।

जिल्लामा एकसातादेखि विद्युत्, खानेपानी र सडक यातायात पूर्णरुपमा अवरुद्ध छ । जिल्लाका दर्जनभन्दा बढी विद्यालयमा पूर्णरुपमा क्षति पुर्‍याएकाले पठनपाठन  पनि ठप्प छ ।

हाललाई पालको व्यवस्था गरी अस्थायी विद्यालय सुचारु गर्ने व्यवस्था मिलाउन लागिएको प्रजिअ दिलबहादुर घिमिरेले बताएका छन् ।

विभिन्न ठाउँमा शरण लिइरहेका पीडितलाई नेपाल रेडक्रम सोसाइटी नेपालगन्जले आवश्यक लत्ताकपडा, खाद्यान्न पाल र भाँडाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसमम कुनै राहत नपाएको पीडितहरुले गुनासो गरेका छन् ।

२९ साउनमा गएको बाढीपहिरोका कारण सुर्खेतमा ३२ जनाको मृत्यु भएको छ भने १०९ जना बेपत्ता छन् । त्यसैगरी करिब १ हजार ४५० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>