समाचारबुधबार, भाद्र ४, २०७१
हत्याका दोषीलाई जन्मकैद
जिल्ला अदालतले जाजरकोट लहा गाविस–३ का लक्ष्मण विकको हत्या गरेको ठहरसहित दोषीलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश हेमन्त रावलको ईजलाशले दोषीमध्ये एक जनालाई सर्वस्वसहित जन्मकैद र अरु ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
सर्वस्वसहित जन्मकैद पाएकामा रुकुमको घेत्मा गाविस–९ छेपारेका खड्गबहादुर विक छन् । यस्तै, सोही गाउँका कुलबहादुर विक, मानबहादुर विक, सुवास कुसारी र परे कामीलाई जन्मकैदको सजाय भएको छ ।
उनीहरुले २८ वैशाखमा घेत्मा गाविस–९ छेपारेमा घुम्न आएका जाजरकोट लहा गाविस–३ का १७ वर्षीय लक्ष्मणको हत्या गरेको अदालतको ठहर छ ।
लक्ष्मण केसी, रुकुम
