समाचारबुधबार, भाद्र ४, २०७१

भट्टराई पक्षद्वारा काठमाडौंमा समानान्तर कमिटी घोषणा

हिमालखबर

एमाओवादीका नेता बाबुराम भट्टराई पक्षले ४ भदौमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो । भट्टराई पक्षले महेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ जिल्ला कमिटी घोषणा गरेका छन् ।

उनीहरुले नयाँ कमिटीमा संस्थापन पक्षले अध्यक्ष बनाएका हिमाल शर्मालाई उपाध्यक्षमा राखेका छन् । पत्रकार सम्मेलनमा श्रेष्ठले अहिले अध्यक्ष र उपाध्यक्षको नाम मात्र सार्वजनिक गरेको जानकारी दिए ।

उनले जिल्ला कमिटी ५७ सदस्यीय हुने बताए । “अहिले अध्यक्ष र उपाध्यक्षको नाम मात्र घोषणा गरेका छौं, भोलीदेखि सदस्य बनाउने काम शुरु हुन्छ,” श्रेष्ठले भने ।

उनले विधान अनुसार ५७ जना निर्वाचित र १८ जना मनोनित गरिने बताए । ५१ जनाको बैठक बसेर नयाँ कमिटी गठन गरेको उनले जानकारी दिए ।

यसअघि संस्थापन पक्षले असारमा हिमाल शर्माको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको थियो ।

पत्रकार सम्मेलनमा श्रेष्ठले हेटौंडा महाधिवेशनले खारेज गरेको प्रावधान व्यूँताउने गरी संस्थापन पक्षले जिल्ला कमिटी गठन गरेको आरोप लगाए । विद्यार्थी विभागका इन्चार्जलाई अध्यक्ष बनाएर गठन गरिएको कमिटी आफूहरुलाई मान्य नभएको उनले बताए ।

“यो कमिटी विधानसम्मत छ,” श्रेष्ठले दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>