समाचारबुधबार, भाद्र ४, २०७१
कानुन विपरितको काम भए मैले भनेको पनि नमान्नुस्ः प्रधानमन्त्री
सिंहदरबारस्थित आफ्नो कार्यालयमा ४ भदौमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्नेमा जोड दिए । उनले सचिवहरुलाई कसैको दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिए ।
सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने उनको भनाइ छ । सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै प्रधानमन्त्री कोइरालाले सचिवहरुलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न भने ।
उनले भने, “लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गर्नोस्, सुशासन कायम गर्न र मुलुकलाई समृद्धिततर्फ डोर्याउन काम गर्नोस् ।”
भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएका कामको सराहना गर्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण निकायले आफ्नो कार्य प्रभावकारी रुपमा गरे मुलुकमा ८÷१० वर्षमै कायापलट हुने दावी गरे ।
८ माघमै संविधान आउँछ
प्रधानमन्त्री कोइरालाले ८ माघभित्र नयाँ संविधान आउने ठोकुवा पनि गरेका छन् । संविधान निर्माण अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संवैधानिक कानुनको अपमान हुने उनले विचार व्यक्त गरे ।
सरकार निर्माणका बेला भएका समझदारीप्रति आफू पूर्ण प्रतिबद्ध भएको बताउँदै उनले सरकार परिवर्तनको कुरा बेतुकको हल्लामात्र भएको टिप्पणी गरे । बताउनुभयो । उनले भने, “संविधान निर्माणपछि म एक क्षण पनि कुर्सीमा बस्दिन ।”
