समाचारशुक्रबार, भाद्र ६, २०७१

संविधानभन्दा पहिले स्थानीय चुनावः गृहमन्त्री

हिमालखबर

अखिल नेपाल किसान सङ्घको ‘राष्ट्रिय प्रशिक्षण भेला’को ६ भदौमा उदघाटन गर्दै गृहमन्त्री गौतमले संविधान जारी गर्नुभन्दा पहिले नै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएका हुन् । अन्तरिम संविधानमा उल्लेख भएअनुसार स्थानीय निकायको चुनाव संविधान जारी गर्नुभन्दा पहिला नै गर्नुपर्ने उनको भनाइ छ ।

सङ्घका अध्यक्षसमेत रहेका उनले भने, “अन्तरिम संविधानको पालना गरेर जानुपर्छ, त्यसले गर्दा संविधान जारी गर्नुभन्दा पहिला नै स्थानीय निकायको निर्वाचन गर्नु उपयुक्त हुन्छ ।”

कार्यक्रममा उनले सरकारले भू–उपयोग नीति लागू गरेको र त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । कृषियोग्य जमिनमा बस्ती नबसालेर कृषि उत्पादन नहुने स्थानमा मात्र बस्ती बसाउनुपर्नेमा उनले जोड दिए ।

उनले नेपालमा भइरहेको निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुपर्ने बताए । बागबानी केन्द्र कीर्तिपुरमा ६ भदौमा शुरु भएको प्रशिक्षणमा १५० जना सहभागी रहेको सङ्घले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>