समाचारशनिबार, भाद्र ७, २०७१

सञ्चारमाध्यमलाई सुरक्षित बनाउन सरकारसमक्ष दशबुँदे माग

हिमालखबर

नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टिविएन), ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव) र रेडियो प्रसारक मञ्च (आरविएफ) ले ७ भदौमा संयुक्त पत्रकारसम्मेलन गरी कान्तिपुर पब्लिकेशनमा तीन दिनदेखि प्रकाशन तथा वितरणमा भइरहेको अवरोधको भत्र्सना गर्दै तत्काल वितरणमा गरिएको अवरोध हटाई अवरोध गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

नेकपा–माओवादीसम्बद्ध अखिल नेपाल क्रान्तिकारी सञ्चार, छापाखाना र प्रकाशन मजदुर सङ्घ मूल एकाइ कमिटीले राजनीतिक उद्देश्यबाट प्रेरित भई बाह्य सहयोगको आडमा विभिन्न माग अगाडि सारेर ‘कान्तिपुर’ र ‘दि काठमान्डु पोस्ट’को नियमित प्रकाशन विगत तीन दिनदेखि रोक्दै आएको मिडिया सङ्गठनहरुले जनाएका छन् ।

पत्रकारसम्मेलनमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष कैलाश सिरोहियाले जनताको सुसूचित हुन पाउने मौलिक हकलाई मिडियाले सधैँ साथ दिएको उल्लेख प्रेस स्वतन्त्रतालाई सरकार, राजनीतिक दल र तीनका भ्रातृ सङ्गठनलगायतले कुन्ठित गर्न नहुने बताए ।

टेलिभिजन ब्रोडकास्टर्स नेपालका अध्यक्ष आरके मानन्धरले मुलुकका ठूला राजनीतिक आन्दोलनमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मिडियामाथि जुनसुकै पक्षबाट गरिएको अवरोध देशलाई अस्थिरतामा लैजाने सङ्केत भएको धारणा व्यक्त गरे ।

पाँचवटै संस्थाले संयुक्त विज्ञप्ति जारी गरी राज्यले सञ्चार उद्योगलाई विशेष सेवा उद्योगका रुपमा परिभाषित गरी आवश्यक संरक्षण प्रदान गर्न, मिडिया क्षेत्रमा सरकारले लिँदै आएको रोयल्टीबापतको दुई प्रतिशत दस्तुर हटाउन, प्रकाशन गृहमा कागज खरिद गर्दा सरकारले लगाएको आयात शूल्क पूणरुपमा हटाउनुपर्नेलगायत १० बुँदे माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>