समाचारआइतबार, भाद्र ८, २०७१
त्रिवि, उच्च मावि र सीटीईभीटीमा अख्तियारको छापा
त्रिभुवन विश्वविद्यालय, उच्चमाध्यामिक शिक्षा परिषद, प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा भ्रष्टाचार र अनियमितताका धेरै उजुरी परेपछि ती संस्थाहरुमा छापा मारी कागजपत्र कब्जामा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारले ८ भदौमा तीनवटै संस्थामा एकसाथ छापा मारी कागजपत्रहरु जफत गरिएको जानकारी दिएको छ ।
बिभिन्न शिक्षण संस्थाहरुलाई सम्बन्धन दिने क्रममा आर्थिक अनियमितता भएको पाइएपछि अख्तियारले छापा मारेको हो ।
