समाचारआइतबार, भाद्र ८, २०७१

नेताहरु ‘इम्याच्योर’: सुजाता

हिमालखबर

८ भदौमा पोखरामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेतृ सुजाता कोइरालाले नेताहरुमा निर्णय गर्ने क्षमता नभएको र परिपक्क व्यवहार गर्न नसकेका कारण अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको आरोप लगाएकी छन् ।

उनले नेताहरु स—साना कुरामा पनि विवाद गरिरहने प्रवृत्तिले उनीहरु अपरिपक्व भएको पुष्टि हुने दावी गरिन् । “पोलिसी लेवलमा पुगेका नेताहरुले परिपक्क व्यवहार देखाउन सकेका छैन,”उनले भनीन् “विपी, गणेशमान, किसुनजी र गिरिजाप्रसाद पछिका नेताहरुमा म्याच्योरिटी देखिएन ।”

राज्यको पूर्नसंरचना गर्दा पाँच प्रदेश भन्दा बढी बनाउन नहुने जिकिर गर्दै कोइरालाले भनिन,
“संविधान जारी गरेर देशलाई अगाडि बढाउनेतर्फ मुख्य पार्टीका शिर्ष नेताहरु गम्भीर हुनुपर्दछ । ”

नेपाली कांग्रेसको आगामि महाविधेशनबाट आफु निर्णायक ठाउँमा पुग्ने पनि कोइरालाले दावी गरेकी थिइन् ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>