समाचारआइतबार, भाद्र ८, २०७१
रातुमा डाइभर्सनसँगै जीप पनि बग्यो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास र धनुषाको लालगढको बीचमा पर्ने रातु खोलामा २८ साउनमा आएको बाढीले पुल भत्काएपछि वैकल्पिकरुपमा खोलामा बनाइएको डाइभर्सन ७ भदौ साँझ पुनः बगाएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बाढीले खोला पार गर्दै गरेको बलेरो जीप पनि बगाएको छ ।
डाइभर्सन भएर खोला तर्दै गरेको ना२च ४११० नम्बरको बोलेरो जिप बगाएको प्रहरी निरीक्षक अशोक झाले बताए ।
बाढीले बगाएको बोलेरो जिपमा सवार रौतहट जिल्लाका जिगर्वा गाविस घर भएका अन्जुरी इस्लाम र चालकसहित चारैजना पौडेर ज्यान जोगाउन सफल भएका थिए ।
डाइभर्सन बगाएपछि उक्त सडकखण्ड पुनः अवरुद्ध भएको छ भने गाडीहरु जनकपुर जलेश्वर हुँदै वर्दिवास पुग्ने गरेका छन् । यसअघि ४ भदौकोे बाढीले डाइभर्सन बगाएको थियो ।
