समाचारसोमबार, भाद्र ९, २०७१
सिन्धुपाल्चोकको पहिरोमा ५ को मृत्यु (अपडेट)
सिन्धुपाल्चोकको बरम्ची–१ मा पहिरोले पुरिंदा पाँच जनाको मृत्यु भएको हो । एक जनाको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
९ भदौ दिउँसो आएको पहिरोले नीरबहादुर थापा, उनकी श्रीमती गणेशकुमारी, भाइ डम्बरबहादुर र छोरा महादेवको मृत्यु भएको छ । सोही पहिरोमा परेकी चन्द्रावती थापाको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले उनीहरुको तीन वटा घर पुरेको छ ।
