समाचारशुक्रबार, आश्विन १२, २०६९

भारतविरोधी गतिविधि रोक्न मोर्चाद्वारा माग

हिमालखबर

मोर्चाको असोज १२ मा बसेको बैठकले संविधान र कानुनविपरीत नेकपा–माओवादीका पछिल्ला क्रियाकलाप छिमेकी मुलुकलाई रुष्ट बनाउने कार्य भएकाले तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘‘नेकपा–माओवादीका गतिविधिले मधेश र भारतबीचको सम्बन्ध बिग्रने अवस्था आएको छ,’’ मोर्चाको बैठकले गरेका निर्णय सुनाउँदै उनले भने, ‘‘भारतीय नम्बर प्लेटका सवारी साधन अवरोध गर्ने, भारतीय लगानी र मजदुरमाथि भौतिक आक्रमण गर्ने कार्य कानुनविपरीत छन्, यस्ता कार्यलाई तत्काल रोक्नुपर्छ ।’’

बैठकले नेकपा–माओवादीलाई भौतिक आक्रमणमा नउत्रन आग्रह गर्दै सरकारलाई कानुन र संविधानविपरीतका त्यस्ता गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

यसअघि नेकपा–माओवादीले भारतीय नम्बर प्लेटका सवारी साधन र हिन्दी चलचित्रहरूमा अवरोध गर्न शुरु गरेपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरूको बैठकले त्यस्ता गतिविधि रोक्ने सहमति गरिसकेका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>