समाचारमंगलबार, भाद्र १०, २०७१

संसद अवरुद्ध पार्ने मोर्चाको २४ घण्टे चेतावनी

हिमालखबर

फाइल तस्वीर

एमाओवादी, मधेश केन्द्रित दलहरु र केही साना दल सम्मिलित संघीय गणतान्त्रिक मोर्चाको १० भदौमा सिंहदरबारमा बसेको बैठकले सत्तारुढ दलसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न भन्दै कार्यान्वयन नभए संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

२४ घण्टाभित्र सहमति कार्यान्वयन नभए अनिश्चितकालका लागि संसद अवरुद्ध गर्ने निर्णय भएको सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

एमाओवादीले सरकार सञ्चालन र संविधान निर्माण लगायतका विषयमा सल्लाह दिनका लागि उच्चस्तरीय राजनीतिक समिति गठन हुनुपर्ने र त्यसको अध्यक्षता पुष्पकमल दाहालले गर्न पाउनुपर्ने माग गर्दै आएको छ ।

कांग्रेस र एमाले भने संविधानसभा/संसद  र त्यसअन्तर्गत विभिन्न समिति समेतले काम गरिरहेका बेला बाहिर समिति बनाउनुको औचित्य नहुने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>