समाचारमंगलबार, भाद्र १०, २०७१
प्रधानमन्त्री र वैद्यबीच भेटवार्ता
प्रधानमन्त्री कोइराला र नेकपा–माओवादी अध्यक्ष वैद्यबीच १० भदौमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफल संविधान निर्माणको विषयमा केन्द्रित भएको भेटमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
संविधान निर्माणका लागि राजनीतिक सहमति बनाउने क्रममा नेकपा–माओवादीसँग प्रारम्भिक छलफल भएको पौडेलको भनाइ छ । “उहाँहरुले सर्वपक्षीय भेलाको प्रस्ताव राख्नु भएको छ,” पौडेलले भने, “त्यसलाई सम्बोधन गर्दै संविधानसभाबाट निर्धारित समयमा संविधान निर्माण गरी कसरी जारी गर्न सकिन्छ भन्ने विषयमा वार्ता केन्द्रित रह्यो ।”
भेटमा सहभागी नेकपा–माओवादी नेता देव गुरुङ्गले सर्वपक्षीय सभाको मोडालिटीबारे आग्रह गरेको बताए ।
