समाचारशुक्रबार, आश्विन १२, २०६९
सहमति गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सल्लाह
राष्ट्रपति रामबरण यादवसँग भेट्न १२ असोज साँझ अकास्मात पुगेका प्रधानमन्त्रीले सरकारले पठाएका अध्यादेश पारित गर्न आग्रह गरेकोमा राष्ट्रिय सहमति कायम भएपछि मात्रै अध्यादेश पारित हुने राष्ट्रपतिले जवाफ दिएको शितल निवास स्रोतले जनाएको छ ।
भेटका क्रममा समसामयिक राजनीतिक परिस्थिति, सहमतिको सरकार निर्माण, अध्यादेश लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दहाललले जानकारी दिए । “शान्ति प्रक्रिया करिब करिब टुंगोमा पु¥याएकोमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई धन्यावाद दिनुभएको छ,” उनले भने ।
भेट पछि सञ्चारकर्मीसँग प्रधानमन्त्री भट्टराईले सामान्य र नियमित भेट गरेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
