समाचारशनिबार, आश्विन १३, २०६९

सभापति कोइरालामाथि आक्रमणको प्रयास

हिमालखबर

१३ असोज विहान काठमाडौं चार नम्बर क्षेत्रको सम्मेलन उद्घाटन गर्न कपन पुगेका कोइरालालाई काँग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ ।

मञ्चमा बसेका कोइरालालाई बस्नेतले झ्यालको फ्रेमले आक्रमणको प्रयास गरेका थिए । कोइरालामाथिको आक्रमणलाई रोक्न खोज्दा मञ्चमा रहेका काँग्रेसका कार्यकर्ता नर्मदा पोखरेल र श्याम संगत घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।
आक्रमण गर्ने बस्नेतलाई त्यहाँ रहेका अन्य काँग्रेस कार्यकर्ताले कुटेका थिए भने सभापति कोइराला आफैंले केही नगर्न भनेपछि बस्नेतलाई प्रहरीको जिम्मा लगाइएको छ । बस्नेत हाल बौद्ध प्रहरीको नियन्त्रणमा छन् ।

आक्रमणको कारण स्पष्ट नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>