समाचारबिहीबार, भाद्र १२, २०७१

अवहेलना सम्बन्धी विधेयकमा रायसुझाव पठाउनुहोस

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

सरकारले संसदमा प्रस्तुत गरेको अदालतको अवलेहना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७१ मा विवाद भएपछि संसद सचिवालयले त्यसमा सुधारका लागि राय सुझाव दिन इच्छुक सर्वसाधारणलाई यही भदौ मसान्तभित्र लेखी पठाउन अपिल गरेको छ ।

सचिवालयले फ्याक्स नम्बर ०१–४२००३६६ वा इमेल ठेगाना [email protected] वा विधेयक शाखा, व्यवस्थापिका संसद सचिवालय, सिंहदरबारमा पत्राचार गर्न भनेको छ ।

व्यवस्थापिका–संसदको गत साउन १४ को बैठकबाट संविधानसभा (व्यवस्थापिका–संसदको कार्यसञ्चालन) नियमावली, २०७० को नियम ६१ को उपनियम (२) को खण्ड (ख) बमोजिम जनताको प्रतिक्रिया प्राप्त गर्नका निमित्त प्रचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएकाले सोही नियमावलीको नियम ६३ को प्रयोजनका निमित्त सो सम्बन्धी सूचना यही भदौ २ गतेको नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>