समाचारशुक्रबार, भाद्र १३, २०७१
चितवनमा नेकपा–माओवादीका ९ कार्यकर्ता पक्राउ
चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार १३ भदौ विहान चितवन बन्द गराउन उत्रिएका ९ जना नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगर क्षेत्रबाट ७ र नारायणगढबाट २ जनालाई नियन्त्रणमा लिएको हो ।
अहिले जिल्लाको माडीसहित विभिन्न ठाउँमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
भारत सरकारले निर्माण गरिदिएको क्याम्पस भवन नेपाली अधिकारीबाट उद्घाटन गर्नुपर्ने माग नेकपा–माओवादीले गर्दै आएको छ ।
भवन उद्घाटन गर्न राजदूत रे १२ भदौमै चितवन आइपुगेका छन् ।
७ वर्षअघि झन्डै रु २ करोडको भारतीय सहयोग लागतमा निर्माण गरिएको सो भवन माओवादी विरोधका कारण उद्घाटन हुन सकेको थिएन ।
