समाचारशनिबार, आश्विन १३, २०६९
आन्दोलन सफल पार्न एमालेको आग्रह
पार्टी केन्द्रीय कार्यालयमा १३ असोजमा आयोजित पार्टीसम्बद्ध विभिन्न संघसंस्था सहभागी कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले सो आग्रह गरेका हुन् । अध्यक्ष खनालले वर्तमान सरकार राष्ट्रिय सहमतिको बाधक रहेको, महँगी र भ्रष्टाचार चरम भएको भन्दै त्यसको विरोधमा एमालेले राजधानीमा बृहत् प्रदर्शन गर्ने बताए ।
कार्यक्रममा प्रगतिशील प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनलगायतका संस्थाका प्रतिनिधि सहभागी थिए ।
त्यस्तै एमाले कार्यालयमा आयोजित साहित्यकारहरूको भेलामा पार्टीका सचिव शङ्कर पोखरेलले १९ गतेको प्रदर्शन यसअघिका प्रदर्शनहरूभन्दा ठूलो हुने दाबी गरेका थिए । रासस
