समाचारशुक्रबार, भाद्र १३, २०७१

ट्रिपर ब्यवसायीले पृथ्वीराजमार्ग अवरुद्ध पारे

हिमालखबर

१३ भदौ विहान सडकको एक छेउमा ट्रिपर राखेर आन्दोलन गरिरहेका ट्रक–ट्रिपर व्यवसायीले काठमाडौंमा आन्दोलित ब्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको र मजदुरहरुमाथि दुव्र्यवहार गरेको भन्दै दिउँसोबाट पृथ्वी राजमार्गमा दुवैतर्फ नै अवरोध खडा गरी सवारी साधनको आवागमन ठप्प पारेका छन् ।

नेपाल ट्रक तथा ट्रिपर यातायात व्यवसायी संघको नेतृत्वमा पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धार्के र थाक्रेमा ट्रिपर र ट्रक तेस्र्याएर यातायात आवागमन अवरुद्ध पारेका हुन् ।

सरकारले क्रसर उद्योगमा नयाँ मापदण्ड लागु गरी नदी–खोलाबाट ढुंगा बालुवा उत्खनन्मा रोक लगाएकाले आफ्नो ढुवानी व्यवसायमा सखाप भएको र बेरोजगार हुनु परेको भन्दै ढुंगा–बालुवा उत्खनन् गर्न पाउने पर्ने ब्यवसायीहरुको माग छ ।

“काठमाडौंमा ट्रक र ट्रिपरका चालक र सहचालकले खान खाँदै गरेको ठाउँमा प्रहरीले लाठी चार्ज गरेको केही मजदुरहरुलाई पक्राउ गरेको छ, त्यसको विरोधमा हामीले पृथ्वी राजमार्गका केही स्थानमा यातायात बन्द गरेका छौं,” क्रसर व्यवसायी मनोज कार्कीले बताए ।

गिट्टी, बालुवा, रोडा लगायतको निर्माण सामाग्री ढुवानीको तत्काल विकल्प नदिएसम्म सडक खुल्न नदिने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

यसैविच अवरुद्ध सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>