समाचारशुक्रबार, भाद्र १३, २०७१

ओली दिल्ली जानुअघि दाहाल र सिटौलाले भेटे

हिमालखबर

तस्वीर: आनन्दराम डंगोल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १३ भदौ साँझ भारतको दिल्ली प्रस्थान गर्नुअघि ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच उच्चस्तरीय राजनीतिक समिति गठनका विषयमा छलफल भएको छ ।

बैठकमा राजनीतिक समिति गठनबारे ठोस सहमति नभए पनि समिति गठनका लागि कांग्रेस र एमाले सकारात्मक भएको ओली निकट स्रोतले जानकारी दिएको छ ।

यसअघि १२ भदौ साँझ एमाओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्तामा आज तीन दलका नेताबीच छलफल गर्ने सहमति भएको थियो ।

ओली उपचार गराई भारतबाट फर्किएपछि यस विषयमा पुनः छलफल गर्ने गरी बैठक बिनानिष्कर्ष टुङ्गिएको बुझिएकोे छ । तीन नेताहरुबीच समिति गठन, नेतृत्व र दलहरुको सहभागितालगायतका विषयमा समेत छलफल भएको थियो ।

ओली आजै साँझ ५:४५ बजे उपचारका लागि नयाँदिल्ली प्रस्थान गरेको उनका स्वकीय सचिव रमेश आचार्य जानकारी दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>